दफा ३९
पथ प्रदर्शकको काम गर्न इजाजतपत्र लिनुपर्न
(१) यो ऐन बमोजिम पथ प्रदर्शकको काम गर्न चाहने व्यक्तिले इजाजत पत्र लिनुपर्नेछ ।
(२) पथ प्रदर्शकको काम गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिएबमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको दरखास्त दिने व्यक्तिले तोकिएबमोजिम परीक्षा वा तालिममा सम्मिलित हुनु पर्नेछ र त्यस्तो परीक्षावा तालिममा उत्तीर्ण हुने दरखास्तवालालाई तोकिएको अधिकारीले तोकिएको दस्तुर लिई तोकिएको ढाँचाको इजाजतपत्र दिइनेछ ।